कम्युनिस्ट सरकारका कर्तुतहरू आएपछि ओलीको प्रेसर बढ्योः बालकृष्ण खाँण
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कम्युनिस्ट सरकारको कर्तुतका समाचारहरू आएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रेसर बढेको टिप्पणी गरेका छन् ।
जागरण अभियान अन्तर्गत शुक्रबार काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले आफ्नै सरकारविरुद्धको समाचार आएपछि हेर्न नसकेर मिडियाहरूलाई अंकुश लगाउँदै आएको बताए ।
‘आफ्नै सरकारको कर्तुतको समाचारहरू आइरहेको हुँदा दिनदिनै समाचार पढ्न सुन्नुपर्दा औषध नै औषधले बाँचनु भएका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रेसर र ज्वरो अधिक्तम बढेको छ’, उनले भने, ‘आफ्नाविरुद्धका समाचारले ओलीजीको प्रेस र ज्वरो बढेपछि मिडियामा अंकुश लगाउँदै हुनुहुन्छ ।’
उनले प्रधानमन्त्री ओलीलाई हाँस्य कलाकारको संज्ञा पनि दिएका छन् । ‘ओलीजी प्रधानमन्त्री हुनु भयो । हाँस्य कलाकार हुनु भयो’, नेपाली कांग्रेसका मुख्य सचेतक समेत रहेका खाँणले भने, ‘ओलीजी अब दोहोरी कलाकार पनि हुनुभएको छ । संसदको रोस्ट्रमबाट दोहोरीको जवाफ दिनु हुन्छ ।’
नेता खाँणले नेपालको इतिहाँसमा पहिलो पटक प्रधानमन्त्रीले बोलेको गैरसंसदीय भाषाहरूलाई रेकर्डबाट हटाइएको बताए ।
कांग्रेस नेता खाँणले दुई तिहाइ शक्तिको उन्मादमाले खड्गप्रसाद ओली निरंकुश बन्दै गएको टिप्पणी गरे । ‘शक्तिको उन्मादले ओलीजी निरंकुश शैलीमा राजा ज्ञानेन्द्र पथमा हिँडिरहनु भएको छ’, उनले भने, ‘जनमत बदलिँदा खड्गप्रसाद ओली सकिने दिन आउँदै छ ।’
उनले बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको विपरितका कार्य शैली गर्दै अगाडि बढिरहे कम्युनिस्टहरू समाप्त हुने दिन धेरै टाढा नरहेको बताए ।
‘विश्वमा समाप्त भएको कम्यनिस्टहरूले नेपालमा एक दलीय शासन लाद्न खोज्दा जनताको हकहित कुण्ठित हुन जान्छ’, उनले भने, ‘जनताको अधिकार र राष्ट्रियताका लागि कांग्रेस सदैव सचेत हुन जरुरी छ ।’
नेपाली कांग्रेसको इतिहाँस दोहो¥याएका नेता खाँणले भने, ‘कांग्रेसमा लाग्दा हामी शहीद हुन लागेको हो । कुनै समय कांग्रेसको नामसम्म उच्चारण गर्न मिल्दैन थियो । त्यही भएर धेरै साथीहरूले ज्यान गुमाएको तितो यथार्थ बोकेर बनेको पार्टी आज आफ्नै पार्टीका साथीहरूको कारण यो दिनमा आइपुग्नु पर्यो ।’
‘हिजोको त्यो बलिदान, त्याग, लोकतान्त्रिक व्यवस्थाको लागि थियो’, उनले भने, ‘जनअधिकारको लागि थियोे । हिजो पनि त्यही हो आज पनि त्यही हो र भोलि पनि त्यही रहनेछ ।’
कांग्रेसका नेता खाँणले समान्ता र स्वतन्त्रताको प्रतिपादक वीपीले अङ्गाल्नु भएको सिद्धान्तलाई कांग्रेस कसैले पनि बिर्सन नहुने बताए ।
उनले कांग्रेसले शुरू गरेको जागरणको मुख्य अभियान सबै तहलाई व्यवस्थापन गर्ने र सबैलाई जागरण गर्ने रहेको बताए ।
‘नेपाली कांग्रेस पार्टी सबैको साझा हो, यहाँ सबैको सम्मान हुन्छ, सबैको अधिकारको लागि लड्ने पार्टी कांग्रेस हो’, खाँणले भने, ‘त्यसैले कांग्रेसमा आफ्नोपना बढाउन जागरण अभियान थालिएको हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत