ओलीले संविधान च्यातेर अधिनायकवाद ल्याउँदै छन्ः बालकृष्ण खाँण
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले खड्गप्रसाद ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकार जनताले बनाएको संविधान च्यात्न उद्धत रहेको आरोप लगाएका छन् ।
जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ ले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले संसदीय प्रणाली बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने बताए ।
‘कांग्रेसको नेतृत्वमा जनताले बनाको संविधान नै च्यात्न वर्तमान कम्युनिस्ट सरकार उद्धत रहेको छ’, नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक समेत रहेका नेता खाँणले भने, ‘कम्युनिस्टहरूको हर्कतबाट हामी सचेत छौँ । संविधान र उपलब्धीहरूको रक्षाका लागि अब आन्दोलन गर्नुभन्दा अर्को बिकल्प छैन ।’
नेता खाँणले जागरण अभियानले नेता तथा कार्यकर्ताहरूमा नयाँ रक्तसञ्चार गरेको बताए । उनले अधिनायकवाद ल्याउनका लागि संवैधानिक व्यवस्थाहरूलाई कमजोर पारेर स्वतन्त्र प्रेसलाई अंकुश लगाएर आफ्नो नियन्त्रणमा राख्न खोजेको बताएका छन् ।
उनले पार्टीभित्रको असन्तुष्टिहरूले पनि कांग्रेसलाई कमजोर बनाएको बता । ‘चुनाव हार्ने अनि भाग बण्डा माग्नेको कारण पार्टी कम्जोर भएको छ’, उनले भने ।
‘जागरण सबैको लागि हो । नेता तथा कार्यकर्ताको लागि पनि हो’, उनले भने, ‘आफ्नो नेतालाई राम्रो देखौँ । कम्युनिस्टभन्दा हामी राम्रो छौँ ।’
खाँणले कांग्रेसमा अनुशासन कायम गर्न जागरण अभियानले सहयोग गर्ने भन्दै पार्टीलाई पनि बलियो बनाउने बताए ।
‘निरंकुशता, राजनीतिमा निरंकुश, आर्थिकमा निरंकुश, विकासमा निरंकुश रहेको वर्तमान सरकारलाई जनताले चिन्न जरुरी छ’, नेता खाँणले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत