कम्युनिस्टहरूलाई दुई तिहाइको भारीले जितायोः रामचन्द्र पौडेल

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरूमा दुई तिहाइको उन्मादले गर्दा मुलुकमा अराजकता मौलाउँदै गएको बताएका छन् ।

कैलाली जिल्लाको भजनी र हसुलियामा मंगलबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले कम्युनिस्टहरूलाई दुई तिहाइको भारीले जिताएको बताए ।

‘जनताले कम्युनिस्टहरूले केही गर्छन् कि भनेर दुई तिहाइको मत दिए । तर, कम्युनिस्ट पार्टीका नेताहरूले जनताको अभिमतको दुरुपयोग गरेका छन्’, उनले भने, ‘कम्युनिस्टहरूलाई जनताले दिएको दुई तिहाइको अभिमतले जिताएको छ ।’

जनताको पक्षमा काम गर्छु भनेर आएका कम्युनिस्टहरू कमाउनमै केन्द्रित भएको नेता पौडेलले बताए । कम्युनिस्टहरूको नेताहरू ठूला ठूला घोटाला काण्डमा फसेको पनि बताए ।

पार्टीभित्र केही सानातिना मतभेदहरू रहेको पनि उनले स्वीकार गरे । ‘हामीभित्र केही मतभेदहरू छन् । त्यसलाई अन्त्य गर्नेबारेमा सभापतिजीले ध्यान दिनुपर्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘अब सबै मिलेर कम्युनिस्टहरू लड्ने बेला आएको छ । पार्टीभित्रको विवाद सकेसम्म छिटो मिलाऔँ ।’

कार्यक्रममा कैलाली जिल्लाका कांग्रेस नेताहरूका साथै केन्द्रीय सदस्य रामकृष्ण यादव, नेत कमला पन्त, सांसद सञ्जयकुमार गौतमसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2019 May 21, 11:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया