पराजित नेता खतिवडाले प्रचण्ड–ओलीका एक दर्जन कार्यकर्ता कांग्रेसमा भित्र्याए

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक दर्जन नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियानको क्रममा ओखलढुङ्गा जिल्लाको सिद्दिचरण नगरपालिका वडा नम्बर ८ सल्लेरीमा सोमबार आयोजित कार्यक्रममा युवा नेता खतिवडाले नेकपाका १५ जना नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

प्रवेश गर्ने नेकपाका कार्यकर्ताहरूले कम्युनिस्ट नेताहरूले निर्वाचनमा गरेको बाचा अनुसारको काम गर्नुभन्दा पनि जनतालाई धोका दिएपछि बाध्य भएर पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

नेपाली कांग्रेसमा प्रवेश गरेका ओखलढुंगाका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीको सदस्य दिने क्रममा युवा नेता तथा पूर्वसांसद खतिवडाले कम्युनिस्टहरू भनेका जनतालाई ढाँट्नेहरूको झुण्ड भएको बताए ।

‘कांग्रेसले काम गर्छ । जनताको पीरमर्का बुझ्न सक्बछ’, उनले भने, ‘कम्युनिस्ट भनेका जनतालाई झुक्काउनेहरूको झुण्ड हो । उनीहरूको विश्वास हुँदैन ।’

खतिवडाले सत्तारुढ नेकपा पार्टीका नेताहरूको काम भनेको कमाउनिस्ट भएको बताए । उनले नेकपाले जनताको भावनाअनुसार एउटा पनि काम नगरेको बताए ।

‘ओखलढुंगामा उपप्रधानमन्त्री, मन्त्रीहरू धेरै उच्च नेताहरू आए । कर बुझाउनलाई हाम्रो प्रदेश छोडेर अरुको प्रदेश जानुपर्ने बाध्यातालाई हटाउनलाई कर कार्यालय ल्याउनलाई कांग्रेसलेनै काम गर्नुप¥यो’, कांग्रेस नेता खतिवडाले भने, ‘मेरै पहल नहुँदासम्म ओलखढुंगामा कर बुझाउने कार्यालय आउन सकेन । अहिले मेरै कारणले गर्दा कर कार्यालय आएको छ ।’

‘उपप्रधानमन्त्री, मन्त्री, केन्द्रीया र प्रदेश सांसदहरूले जिल्लाको काम सल्लेरीको वडाध्यक्षले जति पनि गर्न सकेका छैनन्’, खतिवडाले भने, ‘हुँदाहुँदा एक बचन नबोल्ने सांसदहरू पनि हाम्रै परेछन् ।’ पूर्वएमालेबाट ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञ सुनुवारले जिल्लाको काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला पराजित नेपाली कांग्रेसका युवा नेता खतिवडाले जिल्लाको काम गर्दै आएका छन् ।

नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई योग्यता र क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिइने नेता खतिवडाले बताए । ‘कांग्रेसले सबैलाई ठाउँ दिन्छ’, उनले भने, ‘कसैले चिन्ता लिनुपर्दैन । आफ्नो क्षमताअनुसारको जिम्मेवारी पाउनु हुन्छ ।’

नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्नेहरूले जनताको मर्का नबुझ्नेहरूको पार्टीमा बस्नुको कुनै अर्थ नरहेको भन्दै प्रतिनिधि सभाको निर्वाचनमा पराजय भोगेकै कांग्रेसका उम्मेदवारको पार्टीमा बस्नु इज्जतको कुरा भएको बताए ।

पूर्वएमाले र माओवादी पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नेहरूले कम्युनिस्टहरूलाई विश्वास नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरू पूर्वएमाले र पूर्व माओवादीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरू छन् ।

खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना पनि गरे । ‘हाम्रो प्रधानमन्त्री १४ वर्ष जेल बस्दा चोर, फटाहा, डाँकाहरूको संगतले त्यस्तै हुनुभएको छ ।’

कांग्रेस प्रवेश गर्नेहरूमा कुमार तामाङ, लालबहादुर तामाङ, ठाकुरनाथ धमला, सार्की दमै, ठगबहादुर परियार, केसरबहादुर परियार, एकराज परियार, गोमादेवी चौलागाइँ, मनकुमार धमला, यानीखर धमला, लीलामाया परियार, निमबहादुर खत्रीसहितका रहेका छन् ।

Published : Monday, 2019 May 20, 11:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया