एसईईको प्रश्नपत्र आउट गर्ने व्यक्ति देखेपछि प्रहरीलाई धक्का
काठमाडौं । प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र आउट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
चैत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको थियो । यो घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको उच्च स्रोतले जनाएको छ ।
सोमबार बिहान काठमाडौं ल्याइएका दुवै प्रहरीलाई हत्कडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्याइएको छ ।
नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ ।
सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् । अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए ।
नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको छ ।
उनीहरू दुवै कार्यरत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि बनिनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो ।
प्रश्नपत्रको सजिलै पहुँचमा रहेका उनीहरूमध्ये एकले सिल खोलेर प्रश्नपत्रको फोटो खिचेको अनुसन्धानले देखाएको छ ।
फोटो उनले परीक्षार्थी प्रहरी साथीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाए । नियन्त्रणमा रहेका प्रहरी जवानले प्रश्नपत्रको फोटो खिचेर साथीलाई दिएको स्वीकारी सकेको स्रोतले जनाएको छ ।
बाहिरिएको प्रश्नपत्रको तस्बिर नजिकै ब्लेडसमेत देखिएको छ । अनुसन्धान अधिकारीहरूले तस्बिरका आधारमा सिलबन्दी ब्लेडले काटेर प्रश्नपत्र निकालिएको आंशका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले प्रश्नपत्र बाहिरिएको प्रकरणमा आफूहरूले ६ जनालाई पक्राउ गरेर सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रक्रिया शुरु गरिसकेको बताएका छन् ।
चैत १४ गते देशैभर विज्ञान विषयको परीक्षा थियो । प्रदेश २ मा बिहान ८ बजे परीक्षा सुरु हुनअगावै प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भयो ।
परीक्षाको बिहान साढे ६ बजेअगावै सामाजिक सञ्जालमार्फत विज्ञान विषयको प्रश्न कैयन् परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो । केहीले प्रश्नपत्र सामाजिक सञ्जालमै पोस्ट गरेका थिए ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण प्रेसमा छापिएको प्रश्नपत्र ७७ जिल्लाका जिल्ला प्रहरी कार्यालय हुँदै परीक्षा केन्द्र नजिकैको प्रहरी चौकीमा पुग्छ ।
खाम, प्लास्टिक, बोरा, कार्टुन र थैलो गरी पाँच पत्रमा सिलबन्दी गरेर जिल्ला र्पुयाइने प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा परीक्षा समन्वय समितिको उपस्थितिमा खोलिन्छ ।
दुई तहको सिलबन्दी खोलेपछि सिलबन्दीसहितका स–साना पोका परीक्षा केन्द्र नजिकैका स्थानीय प्रहरी चौकीमा परीक्षाको दुईदेखि तीन दिनअगावै सम्बन्धित केन्द्राध्यक्षको उपस्थितिमा प्रश्नपत्रको सिलबन्दी पोको पु¥याइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत