रामचन्द्र पौडेलका छोरा चिन्तनद्वारा २ सय घरधुरीलाई राहत वितरण (तस्वीर)

बारा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले बारा जिल्लाको हावाहुरी प्रभावित गाउँमा पुगेर राहत वितरण गरेका छन् ।

बारा आएका कांग्रेसका युवा नेता समेत रहेका चिन्तनले झण्डै दुई सय घरधुरीलाई राहत वितरण गरेका हुन् ।

काठमाडौंबाट गाडीमा राहत सामाग्री लिएर बारा आएका चिन्तनले मंगलबार परवानिपुर गाउँपालिकाको वडा नम्बर ४ चैनपुर गाउँमा करीव २ सय घरधुरीलाई राहत सामाग्री वितरण गरेको बताएका छन् ।

चिन्तनले युवा जागरण अभियान नामक आफ्नै संस्थाबाट साथीहरूसँग मिलेर पीडितहरूलाई त्रिपाल, खाद्य सामाग्री, झुल लगायत सामान वितरण गरेका छन् ।

कांग्रेसका युवा नेता चिन्तनले हावाहुरी पीडितहरूलाई राहतका लागि सबैसँग अपील पनि गरेका छन् ।

राहत सामाग्री कांग्रेसका युवा नेता चिन्तनले हावाहुरी अति प्रभावित गाउँ चैनपुरमा पुगेर वितरण गरेका हुन् । यो गाउँका पीडितहरूले राहत नपाएको गुनासो गरिरहेका बेला चिन्तनले आफ्नै व्यक्तिगत पहलमा राहत वितरण गरेका छन् ।

Published : Tuesday, 2019 April 2, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया