तरुण दल नेतृ शर्मिला थापाद्वारा राहत वितरण, आफै बोकेर पुगिन् प्रभावित गाउँ (तस्वीर)

वीरगञ्ज । नेपाल तरुण दलकी नेतृ शर्मिला थापाले हावाहुरीबाट पीडितहरूलाई आफ्नै व्यक्तिगत खर्चमा राहत वितरण गरेकी छिन् ।

पलास्टिकका बाल्टिन, जग, ब्ल्याङ्केट, चाउचाउ, बिस्कुटसहितका सामाग्री नेतृ थापाले वितरण गरेकी हुन् । तरुण दल र नेविसंघका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग समन्वय गरेर उनले राहत विरतण गरेकी छिन् ।

काठमाडौंबाट बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा मंगलबार पुगेकी युवा नेतृ थापाले राहत वितरण गरेको उनले जनाएकी छिन् ।

नेतृ थापाले काठमाडौंबाट गाडीमा राहत राखेर बारा पुगेकी थिइन् । उनले आफ्नो व्यक्तिगत तर्फबाट सानो भएपनि सहयोग गरेको जानकारी दिइन् ।

यसअघि सञ्चारकर्मी रवि लामिछानेले कालिकोटमा निर्माण गर्न लागेको अस्पताललाई नेतृ थापाले एक लाख सहयोग प्रदान गरेकी थिइन् ।

Published : Tuesday, 2019 April 2, 9:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया