नुवाकोटमा मिनी ट्रक दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं । नुवाकोट जिल्लामा मिनी ट्रक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
दुप्चेश्वर गाउँपालिकामा मिनी ट्रक दुर्घटना भएको हो । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिएका छन् ।
घटनास्थलमा पुगेको प्रहरीले १७ जना घाइतेलाई उद्दार गरी खरानीटार स्वास्थ्य चौकीमा पठाएका छन् । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए ।
तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरू दुर्घटनामा परेका हुन् ।
Published : Friday, 2018 December 14, 8:52 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत