सभामुख अर्यालद्वारा पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् ।

आइतबार सिंहदरबारमा सभामुख अर्यालले दुई पूर्वसभामुखहरूसँग छलफल गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका अर्याललाई सभामुख बनाइएको थियो । उनले रास्वपाबाट सभामुख रहँदासम्म सम्बन्ध बिच्छेद गरेका छन् ।

Published : Monday, 2026 April 13, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया