सम्पत्ति विवरणमा २० कुखुरा देखाउने मन्त्रीसँग समेत १८ तोला सुन, १५ लाख बैंक व्यालेन्स, जमीन

काठमाडौ । सम्पत्ति विवरणमा २० वटा कुखुरा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समेत रहेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग १८ तोला सुन रहेको देखिएको छ ।

मन्त्री बादीले आफूसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको सम्पत्ति विवरणमा खुलाएकी छिन् । मन्त्री बादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

उनका श्रीमानसँग पल्सर मोटरसाइकल रहेको छ । नगद ५० हजार रुपियाँ र बैंकमा उनी र श्रीमानको नाममा १५ लाख रुपियाँ रहेको उल्लेख छ ।

मन्त्री बादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन र चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री बादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ । सम्पत्ति विवरणमा कुखुरा देखाउने मन्त्री बादीसँग पनि भरपुर सम्पत्ति देखिएको छ ।

Published : Monday, 2026 April 13, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया