नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच पोर्ट लुइसमा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस.जयशंकरबीच भेट भएको छ ।

शुक्रबार हिन्द महासागर सम्मेलनका क्रममा मोरिससको पोर्ट लुइसमा पुगेका खनालले डा.जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

नवौँ हिन्द महासागर सम्मेलन (आईओसी)को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको छ ।

भारतीय विदेशमन्त्री डा.जयशंकरले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री खनाललाई बधाई दिँदै विभिन्न क्षेत्रमा प्रगाढ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘नेपालसँगको साझेदारीमा रहेका पूर्ण सम्भावनाहरूलाई साकार पार्न विभिन्न क्षेत्रमा थप गहिरो सहकार्य गर्नेबारे हामीले छलफल ग¥यौँ,’ डा.जयशंकरले भनेका छन् ।

परराष्ट्रमन्त्री खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् । भू–परिवेष्ठित राष्ट्र भए पनि नेपालले आफ्नो वैदेशिक व्यापारका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको स्वास्थ्यमा आफ्नो हिस्साबारे सम्मेलनमा राष्ट्रिय अडान राख्नेछ ।

Published : Friday, 2026 April 10, 5:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया