अख्तियारद्वारा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले लेखा अधिकृत दाहालसँग ९३ हजार ८५० रुपियाँ बिगो मागदाबी गरेको बताएका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेका दाहाल गत असोजमा एक लाख २० हजार ८५० रुपियाँ घुसहित पक्राउ परेका थिए ।

वीर अस्पतालमा कार्यरत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस माग्ने गरेको आरोप थियो । सोही आधारमा परिचालित आयोगको टोलीले भएर घुस रकमसहित बेला पक्राउ गरेको थियो ।

Published : Thursday, 2026 April 9, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया