देउवा लगायतका नेताहरूको चरित्र हत्या, सुनियोजित षड्यन्त्र र न्यायभन्दा स्टन्टबाजी भयो : कांग्रेस केन्द्रीय सदस्य महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूमाथि सुनियोजित रुपमा प्रहार भइरहेको बताएका छन् ।
बुधबार केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमार्फत सभापति देउवासहितका नेताहरूविरुद्ध षड्यन्त्र र चरित्रहत्या भइरहेको बताए । उनले यस्ता खालका अतिवादले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य महरले भने, ‘सस्तो लोकप्रियताको भेलमा बगेर लोकतन्त्रवादी नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूमाथि भइरहेको चरित्र हत्या र यो सुनियोजित षड्यन्त्र सरकारको अतिवादतर्फको यात्रा हो ।’
‘राजनीतिक पूर्वाग्रह राखेर चालिएका यस्ता कदमले सुशासन दिँदैन,’ महरले भने, ‘अपितु यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै कमजोर बनाउँछ ।’
केन्द्रीय सदस्य महरले सभापति देउवासहितका नेताहरूविरुद्ध भएका षड्यन्त्रहरूमाथि न्यायालयबाट सत्यको जित हुने पक्का रहेको बताएका छन् । उनले भने, ‘हामीलाई स्वतन्त्र न्यायालय र न्याय प्रणालीमाथि पूर्ण विश्वास छ, सत्यको पक्कै जित हुनेछ ।’
नेता महरले भने, ‘कांग्रेस सधैं विधिको शासन र कानूनी राज्यको पक्षमा उभिँदै आएको छ र भोलि पनि उभिनेछ । तर, विधिको आवरणमा राज्यसंयन्त्रको दुरुपयोग गरेर कसैको पनि छवि धुमिल पार्ने कुत्सित मनसाय हामीलाई कदापि स्वीकार्य छैन ।’
‘आजकल छानबिन र न्यायभन्दा पनि ‘स्टन्टबाजी’ र राजनीतिक प्रतिशोधलाई अगाडि सार्ने जुन प्रवृत्ति हाबी भएको छ, त्यो निकै खतरनाक छ,’ उनले भने ।
‘मिडिया ट्रायल गरेर र राज्यशक्तिको दुरुपयोग गरेर भइरहेको यस्तो ‘सस्तो लोकप्रियतावाद’ले न्यायलाई नभएर सिर्फ भ्रमलाई बढावा दिन्छ,’ कांग्रेस केन्द्रीय सदस्य महरले भने ।
‘इतिहास साक्षी जब राज्यसत्ता सस्तो लोकप्रियताको पछि कुद्छ र लोकतान्त्रिक योद्धाहरूलाई लाञ्छित गर्न थाल्छ, तब अन्ततः त्यसले लोकतन्त्रकै पतनको बाटो खन्छ,’ उनले चेतावनी शैलीमा भनेका छन् ।
कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी समेत रहेकी कांग्रेस नेतृ डा.आरज राणाविरुद्ध सम्पत्ति शुद्धीकरणको नाममा पक्राउ पुर्जी जारी भएको समाचारहरू प्रकाशित भएपछि नेता महरले लोकतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भएको बताएका हुन् । उनले पक्राउ पुर्जीको प्रकरणको विरोध गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया