अमेरिकी कार्यबाहक राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बोमले भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग राजदूत उर्बोमले शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ ।

खनालले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा कार्यबाहक राजदूत उर्बोमले शुभकामना व्यक्त गरेका हुन् ।

Published : Wednesday, 2026 April 8, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया