कांग्रेस सांसद शाहद्वारा बर्गद्दा घटनामा गोली लागेर मृत्यु भएका अरुणलाई शहीद घोषणा गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले बर्गद्दा घटनामा मृत्यु भएका अरुण यादवलाई शहीद घोषणाको माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले निधन भएका यादवलाई शहीद घोषणा गरेर उचित क्षतिपूर्तिको माग गरेका हुन् । पेटमा प्रहरीको गोली लागेर घाइते भएका यादवको सोमबार उपचारका क्रममा निधन भएको उनले बताए ।
कांग्रेस सांसद शाहले भने, ‘२०८२ साल चैत ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ बर्गदा गाउँस्थित काली मन्दिर तोडफोड भएको घटनापछि दोषीहरूलाई कारबाही गर्न माग गर्दै आन्दोलनरत हिन्दु युवामाथि प्रहरीले गोली प्रहार गर्दा ४ जना घाइते भएका थिए । घाइते हुनेहरूमा प्रदीप पासी, मेहन्द्र रैदास, मोनु पासी लगायत खुट्टामा तथा अरुण यादवलाई पेटमा गोली लागेको थियो ।’
‘गम्भीर घाइते भएका अरुण यादवको उपचारका क्रममा सोमबार निधन भएको छ । यस घटनाका पीडित परिवारले न्याय नपाएको महसुस गरिरहेका छन्,’ सांसद शाहले भने ।
‘घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्री निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन गरि दोषीमाथि कडा कारबाही गरिनु आवश्यक छ,’ उनले भने ।
‘घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका अरुण यादवलाई शहीद घोषणा गरिनुका साथै घाइते सबै व्यक्तिहरूको उपचार खर्च व्यवस्था तथा पीडित परिवारहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ कांग्रेस सांसद शाहले भनेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया