घुसको रकमसहित अख्तियारद्वारा ईञ्जिनियर, लेखा अधिकृत र सब–ईञ्जिनियरलाई गिरफ्तार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतको रकमसहित सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत ईञ्जिनियर, लेखा अधिकृत र सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा सोमबार जारी प्रेस विज्ञप्तिअनुसार ८५ हजार घुस/रिसवतको रकमसहित ईञ्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–ईञ्जिनियर रविन श्रेष्ठलाई घुसको रकम, मोबाइल ३ थान र अन्य कागजपत्रसहित निन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले सोमबार ईञ्जिनियर राईलाई ललितपुर, लेखा अधिकृत कार्कीलाई धकुटा र सब–ईञ्जिनियर श्रेष्ठलाई भोजपुरबाट नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले भोजपुर जिल्लास्थित विद्यालय भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना बनाई दुःख, हैरान दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको जाहेरी, निवेदनको आधारमा अख्तियारले रंगेहात पक्राउ गरेको जनाएको छ ।

Published : Monday, 2026 April 6, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया