ललितपुरबाट नापी र यातायात कार्यालयबाट ३२ बिचौलिया गिरफ्तार

काठमाडौं । ललितपुर नापी कार्यालय तथा यातायात ब्यवस्था कार्यालयबाट प्रहरीले ३२ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ ।

ललितपुर महानगरपालिका वडा नं.५ लगनखेलस्थित नापी कार्यालय तथा एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट आइतबार बिचौलियाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने बिचौलियाहरूलाई नियन्त्रणको लागि जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी वृत्त, सातदोबाटो र वडा प्रहरी कार्यालय, लगनखेलबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको लागि ३२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

२१ जना नापी कार्यालय तथा ११ जना यातायात ब्यवस्था कार्यालयबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रेस नोटमा उल्लेख छ ।

Published : Sunday, 2026 April 5, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया