निर्माण व्यवसायी महासंघको अध्यक्षमा कालिका ग्रुपका पाण्डे निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन् ।

महासंघको हालै सम्पन्न २६औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनमा कालिका ग्रुपका निर्देशक पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) र एसोसिएट उपाध्यक्षमा ई. एनसी शेर्पा विजयी भएका छन् ।

प्रदेशतर्फका उपाध्यक्षहरूमा कोशीमा धिरेन्द्रकुमार दाहाल, मधेशमा शम्भु ठाकुर, बागमतीमा बालकृष्ण थापा, गण्डकीमा खिमप्रकाश मल्ल, लुम्बिनीमा सहदेव खड्का, कर्णालीमा हिमबहादुर बुढा र सुदूरपश्चिममा प्रकाशबहादुर सेठी विजयी भएका छन् ।

महासंघको महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । उपमहासचिवमा नीतिगततर्फ मंगलबहादुर शाही, आन्तरिकतर्फ सन्तोष शाह र महिलातर्फ गंगा पोखरेल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्रकुमार घिसिङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको खुला सदस्यहरूमा राजेश गौतम, लक्ष्मणबहादुर साउद, देवराज पाण्डे, राजाराम न्हिसुतु, सुरेन्द्रराज केसी र केशवप्रसाद लामिछाने विजयी भएका छन् ।

प्रदेशतर्फका सदस्यहरूमा कोशीमा सन्तोषकुमार कटुवाल, मधेशमा अमरनाथ साह, बागमतीमा बलराम श्रेष्ठ, गण्डकीमा कृष्णनारायण श्रेष्ठ, लुम्बिनीमा टेकबहादुर खड्का, कर्णालीमा डिल्लीप्रकाश केसी र सुदूरपश्चिममा महेशसिंह धामी निर्वाचित भएका छन् ।

सदस्यहरूमा एसोसिएटबाट उमेशध्वज थापा र माधवप्रसाद शर्मा आचार्य, महिलातर्फ विना अधिकारी र हिरा लामा, तराई–मधेशमा सोविन्द्र चौधरी, आदिवासी जनजातितर्फ विजय लामा, पिछडिएको क्षेत्रबाट प्रकाश खड्का र वस्तुगततर्फ होमप्रकाश डाँगी निर्वाचित भएका छन् ।

Published : Sunday, 2026 April 5, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया