प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा नियुक्त
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दीपा दाहाल नियुक्त भएकी छिन् ।
प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् ।
दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा दाहालको पत्रकारिताको लामो अनुभवलाई सरकारको मूलधारमा जोडन यो नियुक्ति गरिएको हो ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ । उनले एक अनलाइनमा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहालले पत्रकारिता,सञ्चार सिप र मौलिक नेतृत्व( अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।
‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामको अनुसन्धानमुलक पुस्तककी लेखक समेत रहेकी दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डहरूबाट सम्मानित भएकी छिन् ।
दाहालले ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेकी पनि छिन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत पत्रकार दाहाललाई पुरस्कृत गरेको हो । दाहालले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे समाचार लेखेपछि ६ लाख रुपियाँसहितको पुरस्कार प्राप्त गरेकी थिइन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया