देशीविदेशी चलखेल भइरहेका छन्, देश र कांग्रेसविरुद्धमा षडयन्त्र भइरहेको छ : केन्द्रीय सदस्य भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले कांग्रेसले बाटो बिराएकै कारण अहिलेको अवस्था भोगेको बताएका छन् ।
बुधबार काठमाडौंमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा कांग्रेस र देश संकटमा पुगेको बताए ।
उनले भने, ‘२०७२ सालमा संविधान बनायौँ र त्योभन्दा पहिला अन्तरिम संविधानबाटै हामी गलत बाटोमा गयौँ । त्यसको परिणाम अहिले भोग्दैछौँ ।’
जनताको प्रिय र शक्ति पार्टी बनाउन राष्ट्रका सबै सरोकारवालालाई संगठित बनाउनुपर्ने नेता भण्डारीले बताउँदै अब कुनै भ्रम र अल्झनमा रहन नहुने उल्लेख गरेका छन् ।
‘यदि साँच्चै देश बनाउने हो भने संवैधानिक राजसंस्था र सनातन हिन्दू, बौद्ध, किराँत जैनसम्मको सनातन राष्ट्रको एजेन्डा कांग्रेसले सही ढंगले लैजानुपर्छ,’ भण्डारीले भने, ‘मैले आफ्नो धारणा राखेको छु ।’
उनले देश जोड्ने संस्था राजसंस्था नै रहेको बताएका छन् । ‘कुनै पनि दलको नेतृत्वमा अहिले देश जोड्ने अवस्था छैन,’ केन्द्रीय सदस्य भण्डारीले भने, ‘राजाले नै बनाएको देश भएकाले देश जोड्ने हो ।’
अहिले धेरै शक्ति कांग्रेसविरुद्ध लागेको पनि नेता भण्डारीले बताएका छन् । ‘दुइटै पक्षले मिलेर कांग्रेस बनाउनु छ । कांग्रेस बनाउँदै गर्दा देश जोड्ने नीति अघि सार्नुपर्छ,’ उनले भने, ‘त्यो भनेको अहिलेको सन्दर्भमा जसरी देशीविदेशी चलखेल भइरहेका छन्, जसरी देशको विरुद्धमा षडयन्त्र भइरहेको छ, हाम्रो भूपरिवेश, जिओपोटिटिक्स र विश्वभरका घटना हेर्नुपर्छ । यी सबै हेरेर नेपाली नमिलि हुँदैन ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया