गृहमन्त्री गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने, तुरुन्त कार्यान्वयन गर्ने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन् ।
विशेषगरी गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राख्ने गरेका छन् । गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन् ।
उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका छन् । एक सर्वसाधारणले भने, ‘धेरै गृहमन्त्रीहरू बने तर, तपाईं जस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ । हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद ।’
गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया