‘एक्सन’ गृहमन्त्रीद्वारा आईजीपी अर्याललाई सीमा सुरक्षा र विपद जोखिम न्यूनीकरणमा विशेष निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालसँग छलफल गरेर सीमा सुरक्षाका विषयमा आवश्यक निर्देशन दिएका छन् ।
मंगलबार सशस्त्र प्रहरीको मुख्यालय, स्वयम्भुमा गृहमन्त्री गुरुङले आईजीपी अर्याललाई सीमा गस्तीलाई कडाइ गर्न निर्देशन दिएका हुन् ।
बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल भएको छ । सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा छलफल भएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरुङले आईजीपी अर्याललाई तस्करी नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । उनले सीमा सुरक्षामा सशस्त्र प्रहरी कर्मचारीहरूबाट भएको कामको प्रशंसा गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया