एमाले नेतृ एवम् प्रदेश सभा सदस्य शर्मा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले लुम्बिनी प्रदेश सभा सभासद एवम् एमाले नेतृ रेखा शर्मालाई पक्राउ गरेको छ ।
आइतबार राति काठमाडौंको धुम्बराहीबाट शर्मालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले बताए ।
शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसूर गरेको आरोप छ ।
केही वर्ष पहिला शर्माको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो । ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ’ भनेर लेखेका थिए ।
प्रधानमन्त्री बन्नेवित्तिकै बालेन्द्र शाह (बालेन)ले एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मालाई कानूनी कारबाहीका लागि पक्राउ गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया