ओली–लेखक गिरफ्तारको सुर्खेतमा कांग्रेस र एमालेद्वारा संयुक्त विरोध
वीरेन्द्रनगर । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्ता गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
आइतबार सुर्खेतमा एमाले र कांग्रेसले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री लेखकको वर्तमान सरकारले गरेको गिरफ्तारीप्रति विरोध गरेका हुन् ।
ओली र लेखकको गिरफ्तारी पूर्वाग्रही, प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य विपरीत भएको एमाले र कांग्रेसले जनाएका छन् ।
‘भदौ २३ र २४ गतेका घटनामा आयोगले तयार पारेको प्रतिवेदन अपूर्ण, एकपक्षीय र पूर्वाग्रहयुक्त रहेको छ भने आयोगको संरचना र उद्देश्य नै शंकास्पद रहेको निष्कर्षमा पुगिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले राजनीतिक र संवैधानिक विषयमा अनावश्यक टिप्पणी गर्दै शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको एमाले र कांग्रेसले जनाएका छन् ।
त्यसै आधारमा गरिएको गिरफ्तारी लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताको उल्लंघन रहेको उनीहरूले बताएका छन् ।
संयुक्त विज्ञप्तिमा अध्यक्ष ओली र नेता लेखकको तत्काल रिहाइको माग गर्नुको साथै पूर्वाग्रही आयोगको प्रतिवेदन खारेजको माग गरेका छन् ।
गत भदौ २३ र २४ को घटना निष्पक्ष, स्वतन्त्र छानबिनका लागि नयाँ आयोग गठन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया