गगनजी बधाई, सरकारले कांग्रेसका नेताहरूलाई गिरफ्तार गरेर मैदान खाली बनाइदियो : विश्लेषक त्रिपाठी
काठमाडौं । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले नेपाली कांग्रेसका अधिकांस स्थापित नेताहरूलाई दुईतिहाईको सरकारले गिरफ्तार गरेर मैदान खाली बनाइदिएकोमा खुसी नहुन गगनकुमार थापालाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत त्रिपाठीले नेताहरूलाई गिरफ्तार गरेर आफूलाई सजिलो बनाइदिएको ठानेर भुल नगर्न गगनलाई सचेत गराएका छन् ।
त्रिपाठीले लेखेका छन्, ‘गगनजीलाई बधाई । कांग्रेसका अधिकांश स्थापित नेताहरूलाई गिरफ्तार गरि अनेक मुद्दा लगाइदिएर आफूलाई मैदानको एक्लो साँढे बन्न सरकारले सहयोग गरेको ठानी सम्भवतः गगन थापा खुशीले प्रफुल्ल हुनुहोला ।’
‘कुनैबेला माओवादीले प्रजातन्त्रबिरूद्ध हिंसात्मक संघर्ष गर्दा पनि यसैगरी एकथरीलाई खुशी तुल्याउदै अर्काथरीलाई प्रहार गर्ने नीति लिइएको थियो,’ उनले भने ।
‘अन्तिममा आफ्नो पालो आएपछि मात्र बाँकी रहेकाहरूको होस खुलेको हो,’ राजनीतिक विश्लेषक त्रिपाठीले भने, ‘अहिले पनि पालो न आउञ्जेलसम्म खुशी हुनु गगन, यही खुशीका निम्ति बधाई छ । पार्टीभित्रका अड्चन यसैगरी शत्रु लगाएर हटाउने बुद्धि गगनमा रहिरहोस्, शुभकामना ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया