प्रधानमन्त्री शाह र मन्त्रिपरिषदलाई तरुण अध्यक्ष गुरुङद्वारा बधाइ तथा शुभकामना व्यक्त

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार अध्यक्ष गुरुङले प्रधानमन्त्री शाह र मन्त्रिपरिषदका सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका हुन् ।

‘अब बन्ने सरकारले जनताको अपेक्षा अनुसार प्रभावकारी र जनमुखी कार्य गर्दै राष्ट्रको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दछु,’ अध्यक्ष गुरुङले भनेका छन् ।

Published : Friday, 2026 March 27, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया