भीआईपी सवारीमा नागरिकले दुःख पाउनु भएन, भ्रष्टाचार रोकौं : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भीआईपी मुभमेन्टका नाममा सर्वसाधारण नागरिकले भोग्दै आएको सास्तीलाई तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गुरूङले मन्त्री वा विशिष्ट व्यक्तिहरूको सवारीका बेला सडक ठप्प पार्ने र नागरिकलाई घण्टौंसम्म जाममा राख्ने कार्य अब स्वीकार्य नहुने बताए । उनले भीआईपी सवारीका कारण नागरिकले दुःख पाउनु नहुने बताए । यस विषयमा आवश्यक कार्यविधि परिमार्जन गर्न र निर्देशन जारी गर्न गृह सचिवलाई गुरुङले निर्देशन दिएका छन् ।
गृहमन्त्री गुरूङले सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारको मुख्य कारण झन्झटिलो सेवा प्रवाह रहेको बताएका छन् । नागरिकले एउटै कामका लागि एक नम्बर कोठादेखि १० नम्बर कोठासम्म धाउनुपर्ने र कर्मचारीहरूसँग बारम्बार ठोक्किनुपर्ने बाध्यताले नै भ्रष्टाचारलाई प्रश्रय दिएको गृहमन्त्री गुरुङले बताए ।
भ्रष्टाचार निर्मूल पार्न वान डोर सर्भिस सिस्टम (एकद्वार सेवा प्रणाली) अनिवार्य रहेको उल्लेख गर्दै उनले सेवाग्राही र कर्मचारीको प्रत्यक्ष भेटघाट कम हुनेगरी प्रविधिको विकास गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया