अदालतले कांग्रेसको विवाद तत्कालै निर्णय गरिदिओस् : प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रवक्ता डा.महतले कांग्रेसमा एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताए । उनले भने, ‘पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरूले विशिष्ठ चुनौतीपूर्ण अवस्थामा एकतामा जोडिने परिस्थिति निर्माणका लागि योगदान पु¥याउन सबै तहको भूमिका जरूरी छ । त्यस किसिमबाट पनि हामी आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्न लागौं ।’
डा.महतले भने, ‘अदालतले चैत्र २२ गते निर्णय गर्ने भनेको छ । अदालतले तत्कालै निर्णय गरिदिओस् । निर्णयले कानूनी पाटोको सम्बोधन गर्छ । पार्टीलाई एकीकृत गरेर जोड्नको लागि साझा विन्दु पहिलाउन जरुरी छ ।’
डा.महतले मानसिक र भौतिक रूपमा एकीकृत हुन नसके पार्टी बलियो हुन नसक्ने बताए । उनले अहिलेको विशिष्ठ चुनौतीपूर्ण अवस्थामा झन् सम्भव नहुने बताएका छन् ।
‘जबसम्म हामी मानसिक र भौतिक रूपमा एकीकृत हुन सक्दैनौं, यो पार्टी बलियो हुन सक्दैन,’ प्रवक्ता डा.महतले भने, ‘अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा झन् सम्भव हुँदैन ।’
कांग्रेस प्रवक्ता डा.महतले पार्टीपंक्तिमा रहेको निराशाको अवस्थालाई आशामा रूपान्तरिक गर्न आवश्यक रहेको पनि बताएका छन् ।
डा.महतले पार्टीमा सहमतिको वातावरण निर्माणका लागि आफ्नो तहबाट हुने योगदान गर्न तयार रहेको बताए । उनले भने, ‘सहमतिको वातावरण बनोस् । साझा सूत्रमा हामी जोडिन सकौं भन्नका लागि मेरो तहबाट हुने योगदान गर्न म तयार छु ।’
उनले भने, ‘त्यसमा सम्बन्धित पक्ष सबै साथीहरूले त्यही किसिमबाट सोँच राख्न जरूरी छ ।’
भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेस हाइज्याक गरेको समूहले कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको अर्को दिन प्रवक्ता डा.महतले कांग्रेस एकजुट बनाउन योगदानको आवश्यक्ता रहेको बताएका हुन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया