प्रधानमन्त्रीको शपथ लिएकै दिन बालेनले ‘महत्वपूर्ण र साहसी’ निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शथप लिएकै दिन केही महत्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेका छन् ।

शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिन लागेका छन् । साइत हेरेर शपथ लिन लागेका शाहले पदभार ग्रहण लगत्तै महत्वपूर्ण र साहसी निर्णयहरू लिनेछन् । शाह निकट स्रोतले भन्यो, ‘सम्भवतः प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो दिनमै धेरै महत्वपूर्ण र साहसी निर्णय लिनेछन र पहिलो दिनदेखि काम शुरु गर्नेछन् ।’

शाहले भ्रष्टाचार विरोधी निर्णय लिनेछन् । साथै उनले केही उच्च राजनीतिक नेतृत्वहरूलाई निशाना बनाउन सक्नेछन् ।

रास्वपाका वरिष्ठ नेता शाहले आफू निकटका साथीहरूसँग निरन्तर छलफलमा छन् । आफूले प्रधानमन्त्री पदको शपथ लिएसँगै शाहले मन्त्रिपरिषदलाई पनि पूर्णता दिनेछन् । उनले १५ सदस्यीय मन्त्रिमण्डल बनाउन खोजेका छन् ।

शाहले संघीयता खारेजका विषयमा पनि निर्णय गर्नुपर्ने सुझावहरू आइरहेका छन् । संघीयताका कारण मुलुकलाई ठूलो आर्थिक बोझ हुनुका साथै तलब, भत्ता, सेवा, सुविधामा ठूलो क्षति भइरहेका छन् ।

Published : Thursday, 2026 March 26, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया