बालेन सरकारमा सुदनलाई गृहमन्त्री बनाउने रास्वपाका नेताहरूबीच आन्तरिक सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहेका बेला सुदन गुरुङलाई गृहमन्त्री बनाउने सहमति भएको छ ।

रास्वपा निकट उच्च स्रोतका अनुसार गुरुङलाई गृहमन्त्री बनाउने आन्तरिक सहमति भएको हो । गुरुङ गोरखा १ बाट निर्वाचित सांसद हुन् ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र रुपन्देही १ बाट निर्वाचित सांसद सुनिल लम्सालको नाम गृहमन्त्रीमा चर्चा भइरहेका बेला बुधबार एकाएक गुरुङलाई गृहमन्त्री बनाउने सहमति बनेको स्रोतको दाबी छ ।

रास्वपाका नेताहरूबीच गुरुङलाई गृहमन्त्री बनाउने सहमति बनेको स्रोतले जनाएको छ । गुरुङ पनि गृहमन्त्री बन्ने लबिङमा थिए । अर्याल र लम्साललाई गुरुङले उछिनेका छन् ।

Published : Wednesday, 2026 March 25, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया