भ्रष्ट प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बागथला धारी डोबा सडक निर्माण कार्यमा ग्याबिन तथा मेसिनरी कार्य नगरी भुक्तानी लिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा अनियमितता पुष्टि भएपछि मुद्दा दायर गरिएको छ ।
आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र भूमिराज कन्स्ट्रक्सनका प्रोपाइटर मानबहादुर बोहराविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा निर्माण कार्य सम्झौताअनुसार सम्पन्न नभएको अवस्थामा पनि सम्पन्न भएको देखाएर झुट्टा बिल तयार गरी भुक्तानी लिएको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
नापी किताबमा ३३८ मिटर सिँचाइ क्यानल उल्लेख भए पनि फिल्डमा २४८ मिटर मात्रै निर्माण भएको तथा ह्युम पाइप कल्भर्टसहितको मेशनरी कार्य समेत नभएको खुलेको छ ।
यसरी झुट्टा प्रतिवेदन तयार गरी वास्तविकभन्दा बढी काम भएको देखाएर सरकारी रकम ८ लाख ४८ हजार ९६२ रूपियाँ २२ पैसा बराबर बढी भुक्तानी लिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उक्त कार्यबाट सम्बन्धित व्यक्तिहरूले गैरकानूनी लाभ लिएको र गाउँपालिका तथा नेपाल सरकारलाई हानि पु¥याएको देखिएको छ ।
आयोगले पाँचै जनाविरुद्ध ८ लाख ४८ हजार ९६२ रूपियाँ २२ पैसा बिगो मागदाबी गरेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया