मकवानपुरमा १ सय ७१ किलो गाँजासहित चालक पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले १ सय ७१ किलो गाँजासहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ईलाका प्रहरी कार्यालय, मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोली गाँजा बरामद गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बरामद भएको गाँजा तौल १७१ किलो २१ ग्राम रहेको छ ।
मनहरी गाउँपालिका वडा नं. ९ हरियाली सामुदायिक जंगलको भित्री बाटोमा राक्सिराङ गाउँपालिका वडा नं. १ को भाबरबाट मनहरी गाउँपालिका वडा नं. ९ को खरंगा पूर्व पश्चिम महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको हात्तीबाट गाँजा बरामद भएको थियो ।
गाडीको पछाडि लोड गरी ल्याएको गाँजा २७ प्याकेट, गाडी चालक राक्सिराङ गाउँपालिका वडा नं. ४ सितताक बस्ने वर्ष २० का अक्कलप्रसाद स्याङतानलाई गाडीसहित नियन्त्रणमा लिइएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया