शोकमा रहेका ओलीसँग कांग्रेस नेतृ कोइरालाद्वारा भेट, समवेदना प्रकट
भक्तपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुजाता कोइरालाले पिताको निधनको शोकमा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन् ।
शनिबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर नेतृ कोइरालाले ओलीसँग भेट गरेर समवेदना प्रकट गरेकी हुन् । उनले स्व.मोहतप्रसाद ओलीको तस्बिरमा माल्याणपर्ण गरेर श्रद्धाञ्जलि समेत व्यक्त गरेकी छिन् ।
एमालेका अध्यक्ष ओलीका पिताको निधन भएपछि ओली परिवार शोकमा छ । अध्यक्ष ओली र परिवारप्रति समवेदना प्रकट गर्न दलका नेता तथा शुभेच्छुकहरू निवासमा जाने गरेका छन् ।
Published : Sunday, 2026 March 22, 9:25 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया