बेपत्ता भयो गगनको राजीनामा, कांग्रेसलाई आर्यघाट पुर्याएर पराजित भएपछि भूमिगत
काठमाडौं । नेपाली कांग्रेसलाई लज्जास्पद पराजयमा पुर्याएर भूमिगत बसेका गगनकुमार थापाले राजीनामा दिएको भनेर व्यापक चर्चामा आएको छ ।
राष्ट्रियस्तरका सञ्चारमाध्यमले समेत गगनले सभापति पदबाट राजीनामा दिएको भनेर समाचार लेखेका छन् । तर, गगनको राजीनामा पत्र कहाँ छ ? कसैलाई पनि थाहा छैन । गगनले राजीनामा दिएका थिए भने पत्र सार्वजनिक हुनुपर्ने थियो । प्रेस विज्ञप्तिमार्फत जानकारी आउनुपर्ने थियो । गगनको राजीनामा गुमनाम छ ।
कांग्रेसलाई आर्यघाट पुर्याएका गगनले आफूलाई बचाउन भन्दै शक्तिकेन्द्रहरूमा धाइरहेका छन् । आफ्नो राजनीति बचाइदिन गगनले हारगुहार गरिरहेका छन् । भूमिगत शैलीमा गगनले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूलाई भेट गरिरहेका छन् ।
सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा गगनले नाक, मुख देखाएका छैनन् । सार्वजनिक कार्यक्रमहरूमा जान समेत लाज मानेर भूमिगत बसेका छन् । गगनले राजीनामा दिएका हुन् भने त्यो पत्र सार्वजनिक गर्ने आँट खोइ भनेर प्रश्न उठेको छ । गगनले राजीनामा स्वीकृत नगर्ने पूर्वसर्त राखेर राजीनामा दिएको स्रोतले जनाएका छन् । गगन मुर्छित अवस्थामा छन् । आफैलाई भावी प्रधानमन्त्री भनेका गगनको हार यति नमिठो तरिकाले भएको छ की भविष्यमा प्रधानमन्त्री भन्ने आँट पनि गर्ने छैनन् ।
सभापति शेरबहादुर देउवाको अनुहार देखाएर निर्वाचनमा जान सकिदैन भनेका गगनलाई पनि मतदाताले रुचाएनन् । जनताले कांग्रेसलाई त हराइदिए नै । गगनलाई पनि ठूलो झट्का लाग्ने गरी हराइदिएका छन् ।
भृकुटीमण्डप भेलाबाट कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाका कारण कांग्रेस इतिहासकै लज्जाजनक अवस्थामा पराजित भएको छ । कांग्रेस निकै कठिन अवस्थामा पुगेका छ । आफूलाई भावी प्रधानमन्त्री घोषणा गराएर सर्लाही ४ मा निर्वाचनमा गएका गगन आफै पनि पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजार ८ सय ५७ मतको अन्तरबाट गगनको लज्जास्पद पराजय भएको छ । भावी प्रधानमन्त्री भनिएका गगनको हारले मुख देखाउन नसक्ने अवस्थामा पुगेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया