गिरिजाबाबु जस्ता नेता विरलै जन्मन्छन्, अभाव सधैं खट्किरहनेछ : तरुण दल
काठमाडौं । नेपाल तरुण दलले शिखर पुरुष स्व.गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेको छ ।
शनिबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गरेर लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा स्व.गिरिजाप्रसाद कोइरालाको योगदानको स्मण गरेका हुन् ।
‘आज नेपाली राजनीतिको शिखर पुरुष नेपाली कांग्रेसको पूर्व पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रीय समिति उहाँप्रति सम्मान सहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
तरुण अध्यक्ष गुरुङले भने, ‘उहाँको सम्झना आउँदा अहिले पनि नेपाली राजनीतिमा उहाँले खेलेको भूमिका आँखाअगाडि आउँछ ।’
‘लोकतन्त्रका लागि उहाँले गरेको संघर्ष, त्याग र दृढताले हामी सबैलाई सधैं प्रेरणा दिइरहनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कठिन परिस्थितिमा पनि कहिल्यै नडगमगाई अघि बढ्ने उहाँको शैली साँच्चिकै अनुकरणीय थियो ।’
‘गिरिजाप्रसाद कोइराला लोकतन्त्रका एक अथक योद्धा हुनुहुन्थ्यो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो,’ तरुण अध्यक्ष गुरुङले भने ।
‘विशेष गरी २०६२/०६३ को जनआन्दोलनको नेतृत्व गर्दै निरंकुश शासन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतर्फ अग्रसर गराउने उहाँको भूमिका ऐतिहासिक छ,’ तरुण अध्यक्ष गुरुङले भने ।
‘विशेष गरी देशलाई शान्ति र स्थायित्वको बाटोमा लैजान उहाँले खेलेको भूमिका हामीले कहिल्यै बिर्सन सक्दैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आज हामीले भोगिरहेको लोकतान्त्रिक व्यवस्थामा उहाँको ठूलो योगदान छभन्ने कुरा सबैलाई थाहा छ ।’
‘उहाँजस्ता नेता विरलै जन्मन्छन् । उहाँको अभाव सधैं खट्किरहनेछ । उहाँले देखाएको बाटोमा हिँड्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ,’ विज्ञप्तिमा तरुण दलले भनेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया