महाराजगञ्जको बर्गदा गाउँमा दुई समुदायबीच झडप, ३ जना घाइते, निषेधाज्ञा जारी
चन्द्रौटा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको बर्गदा गाउँमा दुई समुदायबीच धार्मिक विषयमा भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा नजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा उग्ररूपमा लिएको हो । विवादपछि दुई समुदायबीच ढुङ्गा हानाहानसमेत भएको थियो ।
घटनापछि कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगञ्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगञ्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
प्रदर्शनका क्रममा झडप हुँदा सुरक्षाकर्मी र सर्वसाधारण गरी ६ जना घाइते भएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । प्रदर्शनकारीले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत महाराजगञ्जको गैंडहवामा टायर बालेर विरोध प्रदर्शन गर्दै बाटोसमेत अवरुद्ध गरेका छन् । घटनास्थलमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी सन्तोष आचार्यले बताए । उनले युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको बताए । एसपी आचार्यले स्थिति नियन्त्रणमा आउँदै गरेको र घाइतेहरूलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको बताए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया