कांग्रेस सभापति देउवा थप उपचारका लागि हङकङ्ग प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् ।

सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन सभापति देउवा हङकङग प्रस्थान गरेका हुन् । सभापति देउवाको निजी सचिवालयले शनिबार प्रेस नोट जारी गरेर हङकङमा देउवाको थप उपचार हुनेछ ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर सभापति देउवा र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी डा.आरजु राणा पनि नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

देउवा दम्पत्ति करीव २० दिनदेखि उपचारका लागि सिङ्गापुरमा रहेका थिए । सभापति देउवा सिङ्गापुरमा नियमित उपचारका लागि गएका हुन् ।

भदौ २४ गते सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले बुढानिलकण्ठस्थित निवासमा सांघातिक आक्रमण भएको थियो । सांघातिक आक्रमणबाट बाँचेका देउवा दम्पत्तिले स्वदेशका साथै विदेशमा नियमित उपचार गराउँदै आएका छन् ।

Published : Saturday, 2026 March 21, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया