मन्त्री राणाद्वारा प्यूठानमा निर्माणाधीन सडक र पुलहरूको अनुगमन, छिटो काम सम्पन्न गर्न निर्देशन
विमलप्रसाद पोखरेल
बाग्दुला । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानमा कार्यान्वनमा रहेका विकास आयोजनाहरूको स्थलगत अनुगमन गरेका छन् ।
बिहीबार मन्त्री राणाले गृहजिल्ला प्यूठानमा आफ्नो पहलमा प्रदेश सरकारमार्फत कार्यान्वयनमा रहेका विकास आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा मन्त्री राणाले कर्मचारीहरू र निर्माण कम्पनीहरूका प्रतिनिधिलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले तोकिएको मापदण्डमा काम सम्पन्न गर्न पनि आग्रह गरेका छन् ।
गतवर्ष पैदल यात्रा गरी मन्त्री राणाले बाग्दुला–मच्छी सडकखण्डलाई आफ्नो कार्यकालमा पूरा गर्ने जनतासामु प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिवद्धताअनुसार पैतीस करोड रकम बिनियोजन गरी राणाले सडक निर्माणको काम अगाडि बढाएका छन् । बाग्दुला–मच्छी सडकखण्डमा अहिले धमाधम काम भैरहेको रहेको छ ।

मन्त्री राणाले बाग्दुला–मच्छी सडक, दम्ती–बाहाने सडक, मच्छी–रातटारी–किटघाट सडक, कुटीचौर–किटघाट पक्कीपुल, मच्छी–पिडाल्ने पक्की पुल, दोभोई पक्की पुल तथा खानेपानी आयोजनाहरूको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री राणाले चालु आर्थिक वर्षमा संचालनमा रहेका कतिपय आयोजनाहरूको थप काम गर्नेगरी आगमी वर्षको बजेटमा समेट्ने बताए । उनले आयोजनाहरूमा अपुग हुने रकम आगामी बजेटमा समावेश गर्ने बताए ।
मन्त्री राणाले कुटीचौर–किटघाट पुल सम्पन्न भएको बताए । मच्छी–पिडाल्ने पुल यसै वर्ष सम्पन्न हुने उनले बताएका छन् । राणाले दोभाई पक्कीको काम तिब्रगतिमा अगाडि बढेको पनि बताएका छन् ।
सर्वाधिक ब्यस्त हुने बाग्दुला–मच्छी सडकको बिकल्पका रुपमा मच्छी–पिडाल्ने–रातटारी–छातीपाटा–किटघाट हुँदै दोभाई जोडने सडक स्तरोन्नतिको काम सम्पन्न गरिने मन्त्री राणाले बताए ।
मन्त्री राणाद्वारा गरिएको अनुगमनमा नेपाली कांग्रेस प्यूठानका नेताहरू, सम्बधित मन्त्रालयका कर्मचारीहरू, जिल्लास्थित सरोकारवाला, स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थित रहेको मन्त्री राणाका स्वकीय सचिव महेन्द्र केसीले जानकारी दिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया