कांग्रेस प्रवक्ता डा.महतसँग समानुपतिक सांसद डा.अवालद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतसँग समानुपातिकतर्फ सांसदमा निर्वाचित भएपछि डा.गंगालक्ष्मी अवालले भेट गरेकी छिन् ।

भक्तपुर निवासी डा.अवालले डा.महतलाई महाराजगञ्ज, बाँसबारीस्थित निवासमा पुगेर भेट गरेकी हुन् । प्रवक्ता डा.महतले डा.अवाललाई प्रतिनिधि सभामा कांग्रेसको नीति र सिद्धान्तलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न शुभकामना दिएका छन् ।

कांग्रेसबाट समानुपातिक सांसद पदमा उम्मेदवार बनेकी डा.अवाललाई निर्वाचन आयोगले सांसद पदमा निर्वाचित भएको निर्णय गरिसकेको छ ।

Published : Thursday, 2026 March 19, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया