कांग्रेसलाई आर्यघाट पुर्‍याएर आफू पनि हारेका गगनद्वारा राजीनामाको नौटंकी, कार्यसमितिबाट अस्वीकृत गराउने

काठमाडौं । निर्वाचनको बेला भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले पार्टीलाई आर्यघाट पु¥याएर सभापति पदबाट राजीनामा दिएको नौटंकी गरेका छन् ।

थापाले सभापति पदबाट राजीनामा दिएको भनेर समाचार लेखाएका छन् । थापाको राजीनामा पार्टी केन्दीय कार्यालय, सानेपामा पुगेको छैन । थापाले विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएको समाचारहरूमा उल्लेख छन् ।

भृकुटीमण्डप भेलाबाट हाइज्याक गरिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको दुई दिन अगाडि थापाले सभापतिबाट राजीनामा दिएको भनेर सञ्चारमाध्यमहरूमा समाचार लेखाएका छन् । तर, थापाको राजीनामालाई शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिले अस्वीकृत गराउन थापाले पूरै योजना बनाएका छन् ।

चुनावी कांग्रेसलाई इतिहासकै लज्जाजनक अवस्थामा पराजय गराएका थापा आफू स्वयम् पनि पराजित भएका छन् । थापाको पराजय १२ हजार ८ सय ५७ मतको अन्तरले भएको छ ।

कांग्रेसलाई हराएको र आफू पनि पराजयपछि नैतिकताका आधारमा थापाले सभापति पदबाट राजीनामा दिएको भए पनि उनको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गर्नेछ ।

थापा निकट उच्च स्रोतका अनुसार थापाको राजीनामा केन्द्रीय समिति बैठकबाट अस्वीकृत गराउने सहमति भइसकेको छ ।

यसअघि नै थापाले राजीनामा दिने मनस्थिति बनाए पनि उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरूले उनलाई रोकेका थिए । राजीनामा दिएर नैतिकता प्रदर्शन गर्ने र केन्द्रीय समितिबाट त्यसलाई अस्वीकृत गर्ने योजनाअनुसार बुधबार थापाको राजीनामा आएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दै छ । उक्त बैठकमा कांग्रेसको पराजय र सभापति थापाको राजीनामाबारे छलफल हुनेछ ।

थापा आफैँ सर्लाही ४ मा पराजित भएका छन् । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी सिट मात्रै जितेको छ ।

Published : Thursday, 2026 March 19, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया