जंगी अड्डामा प्रधानसेनापतिद्वारा पूर्व प्रधानसेनापतिहरूसँग परामर्श
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो अवस्थाका विषयमा पूर्वप्रधानसेनापतिहरूसँग भेटवार्ता तथा परामर्श गरेका छन् ।
काठमाडौंको भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापति सिग्देलले पूर्वप्रधानसेनापतिहरूलाई मंगलबार साँझ बोलाएर छलफल गरेका हुन् । निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानसेनापति सिग्देलले आन्तरिक छलफल गरेका छन् ।
नेपाली सेनाले भनेको छ, ‘चैत ३ गते समसामयिक परिस्थितिको सम्बन्धमा पूर्व प्रधानसेनापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरोकारवाला निकायबीचको समन्वयमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाई बहुमत पाएको छ । दुईतिहाईका लागि रास्वपालाई २ सिट कम भएको छ ।
प्रधानमन्त्री बन्ने तयारीमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) छन् । सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानसेनापति सिग्देलले पूर्व प्रधानसेनापतिहरूसँग परामर्श गरेका हुन् ।


बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया