२२औं नम्बरमा कांग्रेस आधिकारिकता विवादको रिट, हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाली कांग्रेसको रिटलाई ‘हेर्न नभ्याइने’मा राखिएको छ ।
आइतबार रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलास तय भएको थियो । रिट सुनुवाइका लागि पेसी सूचीमा २२औँ नम्बरमा थियो ।
गत माघ २ गते निर्वाचन आयोगले भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशन भन्दै कांग्रेसको सभापति घोषणा गरेका गगनकुमार थापाको पक्षमा मान्यता दिएपछि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दिएका थिए । गत माघ ४ गते रिट दर्ता भएको थियो ।
रिटमा यसअघि कारण देखाउ आदेश जारी भई चाँडो टुंगो लगाउन अग्राधिकार प्रदान गरिएको थियो । तत्कालका लागि सर्वोच्चले थापाविरुद्ध माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अन्तरिम आदेश नभएपछि प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति थापाकै हस्ताक्षरमा टिकट लिएर उमेदवारहरू निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया