रुपन्देही ३ मा कांग्रेसका क्षेत्रीय सभापतिको जमानत जफत, निकोलस र विश्वदीपले पनि बचाउन सकेनन्

भैरहवा । रुपन्देही जिल्लाका पाँच निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेपछि नेपाली कांग्रेसका केही उम्मेदवारहरूले जमानत बचाउन सकेका छैनन् ।

रुपन्देहीमा कांग्रेससहितका दल र स्वतन्त्र गरि १४३ उमेदवारको जमानत जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीले कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका उम्मेदवार र एमालेका उम्मेदवारले जमानत बचाउन नसकेको जनाएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरूको पनि जमानत जफत भएको छ । राप्रपाका उमेदवाको पनि जमानत जफत भएको छ ।

रुपन्देही–३ मा कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका उम्मेदवार सुशील गुरुङले जमानत जोगाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहरा, नेकपाका फैजअहमद खाँको पनि जमानत जफत भएको छ ।

रुपन्देही–३ मा उम्मेदवार बनेका एमालेका बासुदेव घिमिरेको जमानत जफत भएको छ । रुपन्देही–१ मा एमालेका दधीराम न्यौपानेसहित २९ जनाको जमानत जफत भएको छ ।

रुपन्देही–२ मा नेकपाका विश्वदीप पाण्डे, स्वतन्त्र उमेदवार निकोलश भुसाल लगायतको जमानत जफत भएको छ ।

रुपन्देही–४ मा १९ उमेदवारको जमानत जफत भएको छ । जसपाका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव लगायत चर्चित अनुहारले जमानत जोगाउन सकेनन् ।

रुपन्देही–५ मा नेकपाका मुहम्मद वकिल मुसलमान, जनमत पार्टीका ओमप्रकाश यादव, राप्रपाका मीनप्रसाद घिमिरेलगायत चर्चित अनुहारले जमानत जफत गराएका छन् ।

Published : Monday, 2026 March 9, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया