सुरक्षित हुन बाँके झरेका लुम्बिनी कांग्रेसका सभापति पुनको लज्जास्पद हार

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको लज्जास्पद पराजय भएको छ ।

बाँके क्षेत्र नं. ३ बाट उम्मेदवार भनेका सभापति पुन तेस्रो स्थानमा रहेका थिए । पुनले जम्मा १३ हजार २ सय १५ मत पाएका छन् । रोल्पा निर्वाचन क्षेत्र भए पनि पुनले सुरक्षित हुन बाँके ३ मा झरेका थिए ।

रोल्पाका मतदाताले पुनलाई राम्रोसँग चिनेका छन् । पुनको अहँकार, दम्भ र अराजनीतिक गतिविधिका कारण रोल्पाले सधै हराउँदै आएको छ । रोल्पाबाट पुनले कहिल्यै पनि चुनाव जितेका छैनन् ।

कांग्रेसभित्र पुनको चरित्र निरंकुश, अहँकारी, दम्भपूर्ण रहेको भन्दै कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

रोल्पाले नपत्याएका सभापति पुनलाई बाँके ३ ले पनि पराजित गरेर पठाइदिएको छ । आफ्नो निर्वाचन क्षेत्र छाडेर अर्को जिल्ला पुगेर उम्मेदवार बनेका पुनलाई मतदाताहरूले राम्रोसँग सबक सिकाइदिएका छन् ।

Published : Monday, 2026 March 9, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया