नवलपरासी १ मा खनालको जित, अर्बपति विनोद चौधरीको लज्जास्पद हार

काठमाडौं । नवलपरासी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल निर्वाचित भएका छन् ।

आइतबार बिहान सार्वजनिक निर्वाचन आयोगको जानकारी अनुसार नेपाली कांग्रेसका विनोदकुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् ।

खनालले ४५ हजार २४१ मतसहित निर्वाचित भएका हुन् । कांग्रेसका चौधरी ९ हजार ५०२ मत पाएर पराजित भएका छन् ।

रास्वपाबाट निर्वाचत भएका खनाल यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री रहेका थिए । पराजित भएका विनोद चौधरी र लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनको सिफारिस र दवावमा गगन थापाले कांग्रेसबाट कारबाही गरेका थिए ।

बाध्य भएर खनालले रास्वपाबाट टिकट लिएर अर्बपति विनोद चौधरीलाई हराइदिएका छन् । धनाढ्य विनोद चौधरीले पैसाको अहँकार र दम्भमा चुनाव जित्ने दाबी गरिरहेका बेला खनालले शानदार जित हासिल गरेका छन् ।

एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनितकुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरेका छन् ।

Published : Sunday, 2026 March 8, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया