२० वर्षपछि गगनको संसदीय यात्रामा ब्रेक लाग्यो, अहँकार र घमण्ड चकनाचुर, सर्लाही ४ ले दण्ड दियो

काठमाडौं । २० वर्षपछि नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाको संसदीय राजनीतिमा ब्रेक लागेको छ ।

निर्वाचन आयोगद्वारा आइतबार बिहान सार्वजनिक मतगणनाको नतिजाअनुसार सर्लाही ४ मा थापाको लज्जास्पद हार भएको छ । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहलाई हराएका छन् । सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन् ।

सिंहले ३५ हजार ६८८ मतसहित जित हासिल गरेका हुन् । सिंहका निकटतम प्रतिद्वन्द्वी ‘बदलिएको’ कांग्रेसका उम्मेदवार थापाले २२ हजार ८३१ मत ल्याएर पराजित भएका छन् ।

सर्लाही ४ मा सिंहले ह्याट्रिक पनि पूरा गरेका छन् । चार पटक सांसद बनेका थापा पहिलो पटक पाजित भएका छन् । काठमाडौं ४ बाट ३ पटक प्रत्यक्ष र एक पटक समानुपातिक सांसद बनेर तरमारेका थापालाई जनताले हराएर ठूलो दण्ड दिएर बदला लिएका छन् । काठमाडौं ४ बाट पराजित हुने सम्भावना भएपछि थापा सुरक्षित हुन सर्लाही ४ झरेका थिए । थापालाई सर्लाही ४ ले सबक सिकाएको छ । औकात देखाइदिएको छ ।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर सर्लाही ४ बाट चुनाव लडेका थापाले हार बेहोरेका छन् ।

एक महिना अगाडि काठमाडौंको भृकुटीमण्डपमा अबैधानिक विशेष महाधिवेशनको नामबाट नेपाली कांग्रेस कब्जा गरेर आफूलाई पार्टी सभापति घोषणा गरेका थिए । त्यति मात्रै होइन थापाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा समेत गरेका थिए ।

थापाको अहँकार र घमण्डलाई सर्लाही ४ का जनताले हराइदिएर चकनाचुर बनाइदिएका छन् । थापाको नेतृत्वमा देशभरि चुनावमा होमिएको ‘बदलिएको’ कांग्रेसको लज्जास्पद हार हुन पुगेको छ ।

सर्लाही ४ ले कांग्रेसका उम्मेदवार एवम् नेता थापालाई दण्ड दिएका छन् । अहँकार र घमण्डमा भत्काइदिएका छन् । जनतामा लोकप्रिय छुभन्ने थापाको अहँकार र घमण्डले हावा खाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई भदौ २४ गते घरभित्र प्रवेश गरेर केही समूहले हत्या गर्ने प्रयास गर्दै सांघातिक आक्रमण गरेका बेला एकशब्द पनि बोलेनन् । थापाले देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना पनि गरेका थिएनन् ।

Published : Sunday, 2026 March 8, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया