कांग्रेसका कार्यबाहक सभापति खड्काका भाइ विष्णु सुर्खेत १ बाट विजयी

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का सुर्खेत १ बाट विजयी भएका छन् ।

शनिबार निर्वाचन आयोगको सूचनाअनुसार खड्काले २६ हजार ८ सय ९७ मत ल्याएर विजयी भएका हुन् ।

खड्काका निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाही १८ हजार ८ सय ९० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुरसिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याएर पराजित भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर रानाले २ हजार ८ सय २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले १ हजार ४९ मत, श्रम संस्कृति पार्टीका वीरबहादुर रानाले ६ सय ४९ मत प्राप्त गरेका छन् ।

विजयी भएका खड्का नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइसमेत हुन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सुर्खेत–१ बाट नेपाली कांग्रेसकै पूर्णबहादुर खड्का ४२ हजार ६ सय ७ मतसहित विजयी भएका थिए ।

Published : Saturday, 2026 March 7, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया