पराजय नजिक पुगेपछि ‘ब्याकअप’हरू भेट्न गगन मतगणनास्थल छाडेर नगरकोट आइपुगे
काठमाडौं । सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा पराजित हुने अवस्थामा आएपछि मतगणनास्थल छाडेर नगरकोट आइपुगेका छन् ।
शुक्रबार साँझ गगन भक्तपुरको नगरकोटमा आएको कांग्रेस निकट उच्च स्रोतले जनाएको छ । गगन नगरकोट किन आएका हुन् खुलेको छैन । गगनसँगै विश्वप्रकाश शर्मा पनि रहेका छन् ।
स्रोतका अनुसार सर्लाही ४ बाट जसरी पनि निर्वाचित हुने रणनीति बनाउन गगन नगरकोट आएर आफ्ना ‘ब्याकअप’हरूसँग भेट गरेका छन् । गगनका ‘ब्याकअप’हरू को को हुन् खुलेको छैन ।
सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग गगन निकै पछाडि परेका छन् । पराजित हुने अवस्थामा पुगेपछि सर्लाही ४ को मतगणना रोकेर गम्भीर रणनीति बनाउन गगन नगरकोटमा ‘ब्याकअप’हरूलाई भेट्न आएको चर्चा छ ।
तत्कालीन निर्वाचनमा रेनु दाहाललाई भरतपुर महानगरपालिका, पुष्पकमल दाहाल (प्रचण्ड)लाई सिरहा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरीमा जिताए जस्तै गरेर जिताउने रणनीति बनाउनका लागि गगन र विश्व नगरकोट आएको स्रोतको दाबी छ ।
कुनै पनि बेला सर्लाही ४ को मतगणना स्थगित हुने सम्भावना बढेको छ । सर्लाही ४ मा शुक्रबार राति कुनै अप्रिय घटना हुन सक्ने रास्वपाका नेताहरूले अनुमान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया