रुकुम पूर्वबाट प्रचण्ड निर्वाचित, नेकपाले पनि खाता खोल्यो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न मत गणना अनुसार दाहाल रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचिन भएका हुन् । दाहाल १० हजार २४० मतसहित निर्वाचित भएका छन् ।
दाहालका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।
Published : Friday, 2026 March 6, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया