कांग्रेसलाई मनाङमा दोस्रो जित, टेकबहादुरले ६ गुणाभन्दा धेरै मत पाए
चामे । मनाङ जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।
शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार गुरुङ विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसका गुरुङले २ हजार ४१४ मतसहित जित हासिल गरेका हुन् । गुरुङले निकटतम प्रतिद्वन्द्व भन्दा ६ गुणा धेरै मत पाएका छन् । गुरुङको निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार एशोदा सुवेदीले ४५४ मत पाएर पराजित भएकी छिन् ।
कांग्रेसका उम्मेदवार गुरुङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालय, मनाङले औपचारिक घोषणा गर्न बाँकी छ ।
मनाङमा गुरुङले जित हासिल गरेपछि कांग्रेसलाई केही राहत मिलेको छ । यसअघि मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया